दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम ५ अर्ब नाघ्याे



हाम्रो इकोनोमि

 

 

साताको चौंथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । शेयर बजारको वृद्धिसँगै बुधबार कारोबार रकम बढेको छ । आज नेप्से १६.४२ अंकले बढेर २०३७ विन्दूमा रोकिएको हो । यस दिन बजारमा १ अर्ब २५ लाख ६१ हजार ४४० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ कारोबार भएको छ । आज कारोबार रकम यस वर्षकै उच्च रहेको छ ।

यस्तै खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल्स सर्वाधिक नाफा कमाउनेमा परेका छन् । राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै घाटामा व्यहोरेका छन् । त्यसैगरी शिवम सिमेन्टस २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । यस साता नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो दिन ४० अंकले नेप्से वृद्धि हुँदै ३ अर्ब बढी, सोमबार ६ अंकले बढेर २ अर्ब बढी र मंगलबार ३४ अंकले बढ्दै ४ अर्ब बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...