दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम ५ अर्ब नाघ्याे



हाम्रो इकोनोमि

 

 

साताको चौंथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । शेयर बजारको वृद्धिसँगै बुधबार कारोबार रकम बढेको छ । आज नेप्से १६.४२ अंकले बढेर २०३७ विन्दूमा रोकिएको हो । यस दिन बजारमा १ अर्ब २५ लाख ६१ हजार ४४० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ कारोबार भएको छ । आज कारोबार रकम यस वर्षकै उच्च रहेको छ ।

यस्तै खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल्स सर्वाधिक नाफा कमाउनेमा परेका छन् । राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै घाटामा व्यहोरेका छन् । त्यसैगरी शिवम सिमेन्टस २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । यस साता नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो दिन ४० अंकले नेप्से वृद्धि हुँदै ३ अर्ब बढी, सोमबार ६ अंकले बढेर २ अर्ब बढी र मंगलबार ३४ अंकले बढ्दै ४ अर्ब बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...