५३ अंकले बढ्यो शेयर बजार



हाम्रो इकोनोमि

 

 

बजेटको बुँदा नं. २९ मा भएको करको विवाद समाधान भएपछि आइतबार शेयर बजार ५३ अंकले बढेको छ । सरकारले शेयर बजारमा लाग्दै आएको ५ र साढे सात प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा स्पष्ट व्याख्या गरेपछि शेयर बजारमा रौनक देखिएको हो । आइतबार लगानीकर्ता र अर्थमन्त्रालयबीच भएको वार्तामा एउटै कर मान्ने विषयमा सहमति भएको थियो । ५३.०३ अंकले बढेको बजार १९१९.३७ विन्दुमा अडिएको छ । आजको दिन १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढी बढेको छ । त्यस्तै, आज २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अगाडी छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर परेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...