५३ अंकले बढ्यो शेयर बजार



हाम्रो इकोनोमि

 

 

बजेटको बुँदा नं. २९ मा भएको करको विवाद समाधान भएपछि आइतबार शेयर बजार ५३ अंकले बढेको छ । सरकारले शेयर बजारमा लाग्दै आएको ५ र साढे सात प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा स्पष्ट व्याख्या गरेपछि शेयर बजारमा रौनक देखिएको हो । आइतबार लगानीकर्ता र अर्थमन्त्रालयबीच भएको वार्तामा एउटै कर मान्ने विषयमा सहमति भएको थियो । ५३.०३ अंकले बढेको बजार १९१९.३७ विन्दुमा अडिएको छ । आजको दिन १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढी बढेको छ । त्यस्तै, आज २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अगाडी छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर परेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...