लामो दुरीको सवारी भाडा घट्यो



हाम्रो इकोनोमि

 

सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो । डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो ।डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ ।

त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ । तराईको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ। इन्धनको मूल्यमा पाँच प्रतिशत घटीबढी हुनासाथ भाडा समायोजन गरिन्छ ।  यस्तै अन्तर प्रदेशको भाडा संघीय सरकारले र अन्तरपालिकाको भाडादर भने प्रदेश सरकारले तय गर्छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...