भारतमा जातीय झडप, ५४ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ ।

अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागू गरे र अशान्ति नियन्त्रण गर्ने प्रयासमा ‘चरम अवस्थामा’ गोली हान्ने आदेश जारी गरेका छन् । भारतका कानुनमन्त्री किरेन रिजिजुले पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताएका छन् । इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ ।

छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएको छ । राज्यका उच्च प्रहरी अधिकारीले दङ्गाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको चबताएकोे केही घण्टापछि शुक्रबार राति फेरि हिंसात्मक झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो । राज्यको राजधानी इम्फाल र थप दक्षिणमा रहेको चुराचन्दपुर जिल्लामा रहेका अस्पतालका मुर्दाघरमा झडपमा मृत्यु भएका जम्मा ५४ जनाको शब राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘सोह्र शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव इम्फाल पूर्वी जिल्लाको ‘जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’मा राखिएको छ,’ प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले स्रोतमा नाम उल्लेख नगरिकन एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ । इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रिय अस्पताल ‘रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ले २३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।’

मणिपुरका प्रहरी महानिर्देशक पी. ढुङ्गेलले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सुरक्षा बलले स्थितिलाई नियन्त्रणमा लिइरहेको जनाएका छन् । ‘सेनाको गस्ती टोलीले यो समस्यालाई नियन्त्रण गर्न निकै लामो यात्रा तय गरेको छ । केही प्रहरी चौकीहरू हतियार र गोलाबारुद चोर्ने ‘उपद्रवीहरू’द्वारा अतिक्रमित भएको र उनीहरूलाई फिर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ’, उनको भनाइ छ । सुरक्षा बल र मणिपुर सरकारले यस हप्ताको हिंसामा मृत्यु हुनेको आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...