नेप्से परिसुचक घट्यो, कारोबारपनि ८४ करोडमात्र



हाम्रो इकोनोमि

 

 

साताको चौथो कारोबारका दिन नेप्से ओरालो लगेको छ । बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ विन्दुमा कायम भएको छ । अघिल्लो दिन मंगलबारमात्रै १७.३६ अंकले बढेको बजारमा आज २५ लाख ७१ हजार २०२ कित्ता शेयरको खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, एनआईसी एसिया सिल्याक्ट फण्ड ३० र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् । सर्वाधिक घाटामा भने सनराइज् ब्लुचिप फण्ड, तारागाउँ रिजेन्सी होटल, मानुसी लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै शिवम सिमेन्टस् ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । आज उपसमूहतर्फ रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण भने २७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...