नेप्से परिसुचक घट्यो, कारोबारपनि ८४ करोडमात्र



हाम्रो इकोनोमि

 

 

साताको चौथो कारोबारका दिन नेप्से ओरालो लगेको छ । बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२ विन्दुमा कायम भएको छ । अघिल्लो दिन मंगलबारमात्रै १७.३६ अंकले बढेको बजारमा आज २५ लाख ७१ हजार २०२ कित्ता शेयरको खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, कुमारी इक्युटी फण्ड, एनआईसी एसिया सिल्याक्ट फण्ड ३० र उपकार लघुवित्त वित्तीय संस्था रहेका छन् । सर्वाधिक घाटामा भने सनराइज् ब्लुचिप फण्ड, तारागाउँ रिजेन्सी होटल, मानुसी लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै शिवम सिमेन्टस् ७ करोड १ लाख ६० हजार ४५७ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । आज उपसमूहतर्फ रहेका १३ वटै समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण भने २७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...