राष्ट्रिय शिक्षा सम्मान २०८०’ बाट हरिसिंह केसी सम्मानित



हाम्रो इकोनोमि

 

 

गुणस्तरीय एवं अन्तर्राष्ट्रिय स्तरको व्यवहारिक शिक्षा प्रदान गर्दै सबैको रोजाइमा पर्दै आएको काठमाडौ बसुन्धारास्थित आइएसओबाट सर्टिफाइड साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी “राष्ट्रिय शिक्षा सेवा सम्मान-२०८०” बाट सम्मानित हुनुभएको छ। शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच केसीलाई सम्मान गर्नु भएको हो । शिक्षासेवी सम्मानबाट सम्मानित हुँदा आफूमा थप जिम्मेवारी थपिएको बताउँदै नेपालको शैक्षिक विकास र उन्नयनमा अझ केहि गर्ने प्रेरणा मिलेको समेत केसीले बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...