चामुण्डा माई जात्रामा प्रभु लाइफको सहयोग



हाम्रो इकोनोमि

 

 

 

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरेको छ । विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग गरेको हो । प्रत्यक्ष रुपमा जात्रामा सहभागी हुनेहरुका लागि प्रभु लाइफका तर्फबाट टिसर्ट प्रदान गरी सहयोग गरिएको थियो । प्रभु लाइफले स्थानीय समुदायहरुसँग सहकार्य गर्दै यस्ता जात्रा, पर्व एवं संस्कृतीको जगेर्नामा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
हाम्रा मौलिक जात्रा, पर्वहरु हाम्रा सम्पत्ती एवं पहिचान हुन्, त्यसैले यस्ता कार्यमा हातेमालो गर्न पाउनु गर्वको विषय हो, कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जात्रा समिति संयोजक रविनसन श्रेष्ठले प्रभु लाइफले जात्रालाई विशेष सहयोग गरी जात्रा, महोत्सवलाई महत्वका साथ लिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । विगतमा भक्तपुरकै जात्रालाई मानेर आएकोमा २० वर्ष अघिबाट नालामा आफ्नै जात्रा सुरु गरिएको संयोजक श्रेष्ठले बताउनु भयो । नालामा रहेका नेवार समुदायलाई समेटेर जात्रा सुरु गरिएको र हाल यो जात्राले छुट्टै पहिचान एवं महत्व बोकेको छ, संयोजक श्रेष्ठले थप्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...