कर्जाको ब्याजदर ०.२ प्रतिशत विन्दुसम्म घट्ने



हाम्रो इकोनोमि

 

 

बुधबार बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंकमा कायम गरेसँगै वैशाखबाट कर्जाको ब्याजदर पनि केही घट्ने भएको छ ।  तर, निक्षेपको ब्याजदर वैशाखको लागि घटाउन लागिएको कारणले नभएर केही महिनादेखि यस्तो ब्याज घटेकोले कर्जाको ब्याजदर पनि सामान्य दरले घट्ने भएको छ ।  त्यसबाहेक बैंकहरूले असारसम्म कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएर ४ प्रतिशतमा कायम गर्नुपर्ने हुन्छ । अहिले नै यो दर ४.२ प्रतिशत हाराहारी आइसकेको छ ।  बैंकर्सहरूका अनुसार कर्जाको ब्याजदर ०.१५ प्रतिशतदेखि ०.२ प्रतिशत विन्दुसम्म घट्न सक्ने सम्भावना छ ।

‘हाल कर्जाको लागि लिइने आधार दर औसतमा १०.६८ प्रतिशत छ,’ एक बैंकरले भने, ‘यसमा थप कमी आउनेछ, त्यसो भएमा कर्जाको ब्याजदर ०.१५ देखि ०.२ प्रतिशत विन्दुले घट्ने सम्भावना छ ।  उनका अनुसार वैशाखबाट घट्ने निक्षेपको ब्याजदरको प्रभाव देखिन भने केही महिना लाग्नेछ ।    बैंकसँग राम्रो पहुँच रहेका ऋणीहरूले भने १० प्रतिशत हाराहारीकै दरमा कर्जा पाउने सम्भावना रहेको एक पूर्व बैंकरको अनुमान छ ।  बुधबार बसेको संघको बैठकले १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको छ ।  बुधबार बसेको संघको बैठकले सबै किसिमका निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत हुनेछ ।  साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहनेछ ।  कल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...