कर्जाको ब्याजदर ०.२ प्रतिशत विन्दुसम्म घट्ने



हाम्रो इकोनोमि

 

 

बुधबार बैंकर्स संघले निक्षेपको ब्याजदर एकल अंकमा कायम गरेसँगै वैशाखबाट कर्जाको ब्याजदर पनि केही घट्ने भएको छ ।  तर, निक्षेपको ब्याजदर वैशाखको लागि घटाउन लागिएको कारणले नभएर केही महिनादेखि यस्तो ब्याज घटेकोले कर्जाको ब्याजदर पनि सामान्य दरले घट्ने भएको छ ।  त्यसबाहेक बैंकहरूले असारसम्म कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) घटाएर ४ प्रतिशतमा कायम गर्नुपर्ने हुन्छ । अहिले नै यो दर ४.२ प्रतिशत हाराहारी आइसकेको छ ।  बैंकर्सहरूका अनुसार कर्जाको ब्याजदर ०.१५ प्रतिशतदेखि ०.२ प्रतिशत विन्दुसम्म घट्न सक्ने सम्भावना छ ।

‘हाल कर्जाको लागि लिइने आधार दर औसतमा १०.६८ प्रतिशत छ,’ एक बैंकरले भने, ‘यसमा थप कमी आउनेछ, त्यसो भएमा कर्जाको ब्याजदर ०.१५ देखि ०.२ प्रतिशत विन्दुले घट्ने सम्भावना छ ।  उनका अनुसार वैशाखबाट घट्ने निक्षेपको ब्याजदरको प्रभाव देखिन भने केही महिना लाग्नेछ ।    बैंकसँग राम्रो पहुँच रहेका ऋणीहरूले भने १० प्रतिशत हाराहारीकै दरमा कर्जा पाउने सम्भावना रहेको एक पूर्व बैंकरको अनुमान छ ।  बुधबार बसेको संघको बैठकले १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको छ ।  बुधबार बसेको संघको बैठकले सबै किसिमका निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतीको ब्याजदर ७.४९ प्रतिशत हुनेछ ।  साधारण निक्षेपको ब्याजदर भने ५.४५ देखि ७.४५ को बिचमा रहनेछ ।  कल निक्षेपको ब्याजदर २.७० प्रतिशत हुनेछ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...