प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक श्री सोन आले मगरज्यूले गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नायब महाप्रबन्धक श्री सोन आले मगरज्यू यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे, लगायतको उपस्थिती रहेको थियो । अन्तराष्ट्रिय नेपाली ट्रेनर श्री मिन बहादुर घलेज्यूको लिडरसिप सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । ट्रेनर घलेज्यूले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिनुभएको थियो । अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...