दोहोरो अंकले घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ । १५.७६ अंकले घटेको नेप्से १९३३.२९ अंकमा आएर बन्द भएको छ । घटेको बजारमा पनि बुधबार कुल एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ ।बुधबार २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर ३० हजार ४८५ पटक कारोबार भएको थियो । बुधबार कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । बुधबार कारोबारमा आएका १३ वटै उपमूह राताम्मे रह्यो ।

बुधबारको बजारमा माया खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबै भन्दा धेरै ९.९८ प्रतिशत सकारात्मक सर्किट लेबलमा बढ्यो भने सर्पोट माइक्रो फइन्यान्सको ६.११ प्रतिशतले बढ्यो । बुधबारको बजारमा धेरै घटेको प्रमुख स्टकमा बोटलर्स नेपाल तराई रह्यो । यो कम्पनीको सेयर मूल्य ७.६२ प्रतिशतले घटेको थियो । यस्तै सानिमा ग्रोथ फण्डको सेयर मूल्य ५.८५ प्रतिशतले घट्यो भने धौलागिरी लघुवित्तको सेयर मूल्य पनि ५ प्रतिशत बढीले घट्न पुग्यो ।

बुधबार सबै भन्दा धेरै सेयर खरिद बिक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भयो । सो कम्पनीको ९ करोड १९ लाख रुपैयाँ बजारको सेयर खरिद बिक्री भएको थियो । दोस्रो ठूलो कारोबार एनआईसी एशिया बैंकको थियो । उक्त बैंकको ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...