पूर्वाधारमा लगानी गर्न चिनियाँलाई प्रधानमन्त्रीको अनुरोध



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताउनुभयो । आज बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उहाँले बताउनुभयो । नेपाली वस्तुलाई सहज रूपमा बजार दिन उहाँले माग गर्नुभयो ।

नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उहाँले बताउनुभयो । फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताउनुभयो ।

उहाँले चियालगायत वस्तुको निर्यात बढ्न सक्ने पनि बताउनुभयो । नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उहाँले उल्लेख गर्नुभयो । चीनका राजदूत छन् सोङले चीन नेपालको ठूलो विदेशी लगानी भएको देश भएको र दोस्रो व्यापार साझेदार भएको बताउनुभयो । उहाँले कोरोनापछि अब चिनियाँहरू नेपाल घुम्न आउने पनि सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...