पूर्वाधारमा लगानी गर्न चिनियाँलाई प्रधानमन्त्रीको अनुरोध



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताउनुभयो । आज बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उहाँले बताउनुभयो । नेपाली वस्तुलाई सहज रूपमा बजार दिन उहाँले माग गर्नुभयो ।

नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको उहाँले बताउनुभयो । फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताउनुभयो ।

उहाँले चियालगायत वस्तुको निर्यात बढ्न सक्ने पनि बताउनुभयो । नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उहाँले उल्लेख गर्नुभयो । चीनका राजदूत छन् सोङले चीन नेपालको ठूलो विदेशी लगानी भएको देश भएको र दोस्रो व्यापार साझेदार भएको बताउनुभयो । उहाँले कोरोनापछि अब चिनियाँहरू नेपाल घुम्न आउने पनि सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...