हाम्रो शिक्षा नीतिमा परिवर्तन गर्न आवश्यक छ : सांसद जयराम थापा



हाम्रो इकोनोमि

 

 

 

बागमती प्रदेशका सांसद जयराम थापाले शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । बुढानिलकण्ठ नगरपालिकामा रहेको गणेश माविको भवन शिलान्यास कार्यक्रममा उनले अहिले प्रविधिको विकास तिव्र गतिमा भइरहेको कारण हाम्रो शिक्षा नीति नै परिवर्तन गरेर समय सापेक्ष बनाउनु पर्ने बताए । प्रविधिको विकासका कारण संसार भरको राम्रो नराम्रो विषय एउटा मोवाइल वा कम्प्युटर भित्र भएको भन्दै उनले त्यसलाई मनिटर गरेर बालबालिकालाई सहि दिशा लैजान नीति परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले विकसित देशहरू युरोप अमेरिकामा समेत सूचना प्रविधिलाई सही प्रयोग गर्न नसक्दा ३० प्रतिशत बच्चाहरू प्रविधिले बिग्रिएको तथ्याङ्क रहेको बताउँदै हामीले बेलामै नीति परिवर्तन गरेर विद्यार्थीहरूलाई बिग्रिनबाट जोगाउनु पर्ने बताए । हरेक विषयलाई हामीले प्रविधिसँग जोड्दा हाम्रो स्मरण शक्ति समेत कम हुँदै जाने भन्दै स्मरण शक्तिलाई विकास गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ । उनले मानिसमा रहेको स्मरण शक्तिको वृद्धि विकासका लागि योग, ध्यान र प्राणायाम मुख्य रहेको बताए । पूर्वीय दर्शनका अनुसार हाम्रो शिक्षा नीतिलाई विस्तार गरेर जान सकिने तर्क गर्दै उनले नेपाल जस्तो अल्पविकसित मुलुकले त्यसलाई प्रयोग गर्न ढिला नहुने बताए । बच्चाको मानसिक स्वास्थ्य कस्तो छ, भन्ने कुराले देशको भविष्य कस्तो हुन्छ भन्ने निर्धारण हुने बताउँदै सांसद थापाले हरेक विद्यालयमा योग, प्राणायाम र ध्यानलाई अनिवार्य लागू गर्नु पर्ने बताए । मानसिक रूपमा स्वस्थ रहेको एउटा मानिसले घर परिवार र समाजलाई स्वस्थ राख्न सक्ने उनको भनाइ छ । सांसद थापा गणेश माविको पूर्वविद्यार्थी हुन् । बुढानिलकण्ठ नगरपालिकाको बहालवाला अध्यक्षमध्ये ८ जना यही विद्यालका पूर्वविद्यार्थी हुन् । यो नगरपालिकामा ११ वटा वडा छ ।

सांसद थापाले राम्रो जनशक्ति उत्पादन हुँदा मात्र भविष्यमा राम्रो फल पाइने बताए । अहिले मानसिक रोगको समस्या बढ्दै गएको छ । सूचना प्रविधिको कारण राम्रो भन्दा नराम्रो विषय मानिसको बढी चासो हुने कारण यो समस्या बढ्दै गएको थापाको भनाइ छ । विद्यालयमा पढ्दै कमाउँदै भन्ने नीतिलाई विद्यालयले लागू गरेको प्रधानाध्यापक भीमकाजी श्रेष्ठले बताए । उनले विद्यालयले किताबी ज्ञान मात्र नभइ व्यवहारिक ज्ञानमा समेत फोकस गरेको दाबी गरे । उनले तत्काल बेकरी आइटम बनाउन विद्यार्थीलाई सिकाउने र त्यो सफल भइसके पछि अचार बनाउन सिकाउने विद्यालयको योजना रहेको सुनाए । विद्यालयका पूर्वप्रधानाध्यापक एवं पुर्वसांसद भिमसेन खत्रीले विद्यालय सुधारमा विगतमा गरिएको संघर्षको अनुभव सुनाए । २०१८ सालमा स्थापना भएका यो विद्यालय काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रको नमुना विद्यालयको रूपमा स्थापना भएको खत्रीले बताए ।

२०५३ सालमा माविको मान्यता पाएको यो विद्यालयले २०३० सालमा निमाविको रूपमा स्तरउन्नति भएको थियो । विद्यालयको विकासका लागि आफूहरूले ठुलो लगानी गरेको खत्रीले बताए । विद्यालयको भौतिक पूर्वाधारको क्षेत्रमा धेरै विकास भइसकेकाले अब शैक्षिक गुणस्तर विकास गर्न लाग्ने वडाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताए । ‘हामीले अध्ययन गर्दा विद्यालयको भौतिक विकासको आवश्यक थियो,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘अबको विकास गुणस्तर निर्माणको हुन्छ ।’ उनले आफूले विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न कुनै कसर बाँकी नराख्ने भन्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूलाई समेत तयार रहन आग्रह गरे । कार्यक्रम अर्को २ जना वडाअध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे र रवि खड्काको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...