चन्द्र भण्डारीलाई मुम्बईको नेसनल बर्न सेन्टरमा लैजाने तयारी



हाम्रो इकोनोमि

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको बताएका छन् । नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन् । उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको उनले बताए ।

‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने भनेकाले एक घण्टाभित्रमा उहाँलाई मुम्वई लैजाने व्यवस्था गर्दैछौं । मलाई लाग्छ उहाँको सुधारमा आउछ भन्ने मलाई विश्वास छ। ’ उनले भने । नेता भण्डारीले यही उपचार गर्न पाए हुने भन्ने इच्छा व्यक्त गरेको मन्त्री गिरीले बताए । चिकित्सका अनुसार नेता भण्डारीको शरीर २५ देखि ३० प्रतिशत जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असर अझै तीनचार दिन बढी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...