त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक निलम्बित



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन । एक अन्तराष्ट्रिय एअरलाइन्ससँग घुस मागेको अडियो फेला परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको हो । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस लिएको पाएपछि पर्यटनमन्त्री सुदन किँरातीको मन्त्रीस्तरीय निर्णयअनुसार ठाकुरलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री फेला परेपछि जाँचबुझ गरिएको थियो । छानविनका क्रममा ठाकुरले घुस लिएको पाइएपछि निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताउनु भयो । शुक्रबार पर्यटन मन्त्रालयलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गर्न मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयान प्राधिकारणका महानिर्देशकलाई लेखी पठाइएको छ । उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाइने व्यहोरा जानकारीका लागि अनुरोध छ । ’

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...