त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक निलम्बित



हाम्रो इकोनोमि

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन । एक अन्तराष्ट्रिय एअरलाइन्ससँग घुस मागेको अडियो फेला परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई निलम्बन गरी अनुसन्धान अघि बढाएको हो । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस लिएको पाएपछि पर्यटनमन्त्री सुदन किँरातीको मन्त्रीस्तरीय निर्णयअनुसार ठाकुरलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री फेला परेपछि जाँचबुझ गरिएको थियो । छानविनका क्रममा ठाकुरले घुस लिएको पाइएपछि निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले बताउनु भयो । शुक्रबार पर्यटन मन्त्रालयलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जाँचबुझ गर्ने सिलसिलामा ठाकुरलाई पदबाट निलम्बन गर्न मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयान प्राधिकारणका महानिर्देशकलाई लेखी पठाइएको छ । उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरि पठाइने व्यहोरा जानकारीका लागि अनुरोध छ । ’

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...