नेप्से ७६.६५ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो



हाम्रो इकोनोमि

 

 

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकको आधारमा आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रका बाह्य सूचकहरुमा उल्लेख्य सुधार भएको विवरण सार्वजनिक गरेको थियो । निक्षेपमा वृद्धि भएर सीडी रेसियो सहज भई घट्दा अन्तर बैंक ब्याजदर र बाह्य क्षेत्रमा सुधार हुँदा ब्याजदर घट्ने अपेक्षामा मंगलबार सेयर बजारमा हरियाली छाएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुँदा लगानीकर्ता पनि उत्साहित भएका हुन् । मंगलबार बजार परिसूचक नेप्से ७६.६५ अंकले वृद्धि हुँदा २१७७.४७ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा लगानी उपसूचक सर्वाधिक ६.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक र हाइड्रोपावर उपसूचक पनि ५ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २.३५ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा उच्च अंकले वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ४७ करोडमा सीमीत भएको कारोबार रकम मंगलबार बढेर ३ अर्ब नाघेको छ । मंगलबार ९३ लाख ३३ हजार ७८८ कित्ता धितोपत्र खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजारको कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...