रेमिट्यान्स बढ्यो, सोधानान्तर स्थिति बचतमा



हाम्रो इकोनोमि

 

 

चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वढेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धिसँगै रेमिट्यान्स पनि बढेको हो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भएर २ लाख ७५ हजार ६४३ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । यस्तै सोधानान्तर स्थिति पनि बढेको छ । चालू ६ महिनामा सोधानान्तर स्थिति .९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको सोधानान्तर स्थिति सयो ६ महिनामा ७३ करोड ४४ लाखले बचतमा रहेको छ । तर, चालू खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । यो घाटा पनि केही साँघुरिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...