रेमिट्यान्स बढ्यो, सोधानान्तर स्थिति बचतमा



हाम्रो इकोनोमि

 

 

चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब ८ करोड रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वढेको हो । वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धिसँगै रेमिट्यान्स पनि बढेको हो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भएर २ लाख ७५ हजार ६४३ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । यस्तै सोधानान्तर स्थिति पनि बढेको छ । चालू ६ महिनामा सोधानान्तर स्थिति .९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सोधानान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको सोधानान्तर स्थिति सयो ६ महिनामा ७३ करोड ४४ लाखले बचतमा रहेको छ । तर, चालू खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । यो घाटा पनि केही साँघुरिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...