ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु



 

 

सोमबार प्रधानमन्त्री, मुख्य सचिव, सचिव र गभर्नरदेखि व्यवसायीसम्मले एउटै मञ्च सेयर गरे । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबारको उद्घाटन कार्यक्रमले यो अवसर जुराएको थियो । कार्यक्रमका विशेष अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारमा जोड दिए । यसअघि नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको समन्वय रोकिँदा अर्थतन्त्रमा समस्या परेको प्रधानमन्त्रीको अभिव्यक्तिबाट प्रष्टिन्थ्यो ।

‘राष्ट्र बैंकका गभर्नर र म आफैँ बसेर निजी क्षेत्रको माग सम्बोधन गर्न सहजीकरण गरेको छु । अर्थतन्त्रमा तत्काल विद्यमान समस्या समाधान गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकको समन्वयात्मक भूमिका सुरू भइसकेको छ ।’ वर्तमान सरकार गठन भएसँगै सुधारिएको सेयर बजारको उदाहरण दिँदै प्रचण्डले अर्थतन्त्रको संकट समाधानमा सरकार अघि बढेको सुनाए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अर्थतन्त्रमा झिनो सुधार आएको साथै व्यापार-व्यवसाय पनि केही सुधारिएको अनुभव सुनाए । अर्थतन्त्र सुधार्ने आम विश्वासले वर्तमान सरकार थिचिएको छ । प्रधानमन्त्री अहिले गभर्नर र अर्थमन्त्रीसँग निरन्तर संवादमा छन् । मन्त्रिपरिषद्को पहिलो निर्णय नै अर्थतन्त्र सुधारतर्फ लक्षित भएको दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले सरकारको न्यूनतम साझा कार्याक्रम पनि दिगो अर्थतन्त्र र सबलीकरणमा केन्द्रित हुने बताएका छन् । प्रभावकारी सेवा प्रवाह, नीति ऐन र संरचना फेर्ने विषयले सरकारको न्यूनतम साझा कार्यक्रममा प्रवेश पाएको छ । वित्तीय, मौद्रिक, पूँजी बजार, बीमा, सहकारीलगायतमा समन्वय गरी सुधार गर्न अर्थमन्त्री र गर्भनरसँग निरन्तर संवाद भइरहेको दाहाल आफैँले बताए ।

प्रधानमन्त्री प्रचण्डकै निर्देशनमा राष्ट्र बैंकले चालूपूँजी कर्जा संशोधन गरिसकेको छ । आयल निगमले पनि हिजो पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । यसअघि माओवादीकै जनार्दन शर्मा अर्थमन्त्री छँदा ट्रयाकबाहिर गएको देशको अर्थतन्त्रमा सरकारको पछिल्लो निर्णयले केही सुधारको संकेत देखिन थालिसकेको छ ।

निजी क्षेत्रका आफ्नै अपेक्षा

ग्लोबल आईएमइ बैंकको एकीकृत कारोबारमा शुभकामना दिँदै नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले आगामी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा केन्द्रित रहेर बोलेका थिए ।

सीएनआईका अध्यक्ष विष्णु अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा ब्याजदर घटाउन माग गरे । चालूपूँजी कर्जाको संशोधन र पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै वर्तमान सरकारप्रति आशा पलाएको उनले सुनाए । ब्याजदर घटाउने र तरलता बढाउने गरी काम गर्न उनको सुझाव थियो ।

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले राजस्व घटेको, महंगी बढेको सुनाउँदै अर्थतन्त्र संकुचन आउँदा निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । यद्यपि, नयाँ सरकार गठन भएसँगै अर्थतन्त्रमा झिनो सुधार आएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस
नयाँ पार्टी घोषणा गर्दै भीम रावल

    नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस

रौतहटमा आगलागी हुँदा २५ जलेर नष्ट

    रौतहटको राजदेवी नगरपालिका-५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ भन्दा बढी

नागर्जुनका मेयर बस्नेत निलम्बित, उपमेयर सुशीला अधिकारी कार्यवाहक

    नागर्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति

गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालसहित हजारौं एमालेमा प्रवेश

     प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा