नेप्से दोहोरो अंकले बढ्यो, ५ अर्बभन्दा बढीको कारोबार



हाम्रो इकोनोमि

 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १८.०९ अंकले बढेर २१४३ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक सबै समूहमा उछाल छ । आज कारोबार ५ अर्ब नाघेको छ । कारोबार बढेसँगै बजार पुँजीकरण पनि ३१ खर्ब नाघेको हो । बजार घटेर १७ खर्बसम्म पूँजीकरण घटेको सेयर बजारमा पूँजीकरणसमेत बढ्दै गएको छ । चन्द्रागिरी हिल्स, बुद्धभूमि हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य आजको कारोबारमा सर्वाधिक बढेको हो ।

यता  बाराही हाइड्रोपावर पब्लिक, हिमालयन ऊर्जा विकास कम्पनी, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर एकै ठाउँमा उभिएपछि आत्मविश्वास बढेको लगानीकर्ता बताउँछन् । सरकारको नेतृत्व फेरिएसँगै सेयर बजारमा सुधार देखिरहेको छ । पुस ११ मा बजार पूँजीकरण २७ खर्ब ८२ अर्ब थियो । गुमाइरहेका लगानीकर्ताले ३ खर्बभन्दा बढी फर्काइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...