नेप्से दोहोरो अंकले बढ्यो, ५ अर्बभन्दा बढीको कारोबार



हाम्रो इकोनोमि

 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १८.०९ अंकले बढेर २१४३ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक सबै समूहमा उछाल छ । आज कारोबार ५ अर्ब नाघेको छ । कारोबार बढेसँगै बजार पुँजीकरण पनि ३१ खर्ब नाघेको हो । बजार घटेर १७ खर्बसम्म पूँजीकरण घटेको सेयर बजारमा पूँजीकरणसमेत बढ्दै गएको छ । चन्द्रागिरी हिल्स, बुद्धभूमि हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य आजको कारोबारमा सर्वाधिक बढेको हो ।

यता  बाराही हाइड्रोपावर पब्लिक, हिमालयन ऊर्जा विकास कम्पनी, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्री, अर्थमन्त्री तथा गभर्नर एकै ठाउँमा उभिएपछि आत्मविश्वास बढेको लगानीकर्ता बताउँछन् । सरकारको नेतृत्व फेरिएसँगै सेयर बजारमा सुधार देखिरहेको छ । पुस ११ मा बजार पूँजीकरण २७ खर्ब ८२ अर्ब थियो । गुमाइरहेका लगानीकर्ताले ३ खर्बभन्दा बढी फर्काइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...