चार्ल्स शोभराजलाई देश निकालाको तयारी



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको आदेशपछि जेलमुक्त हुन लागेका कुख्यात अपराधी चार्ल्स शोभराजलाई मुलुकबाट बाहिर पठाउने तयारी थालिएको छ । उनलाई आज जेलबाट सोझै अध्यागमन विभाग लैजान प्रहरीले आवश्यक तयारी गरेको बताइएको छ ।

उनलाई आज मध्यान्ह अगावै कालिकास्थान, डिल्लीबजारमा रहेको अध्यागमन विभागमा पुर्याउन लागिएको हो । ‘सिरियल किलर’ को रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाएका चार्ल्सलाई सबै प्रक्रिया पूरा गरेर अध्यागमन विभागले सोझै विमानस्थलबाट उनको देश फ्रान्स पठाउने छ ।

काठमाडौंस्थित फ्रान्सेली राजदूतावासको समन्वयमा उक्त कार्य भइरहेको बताइन्छ । यता, चार्ल्सले भने केही दिन काठमाडौंको अस्पतालमा मुटुको उपचार गर्ने व्यवस्था मिलाउन अनुरोध गरेपनि अध्यागमन कानुनले उनलाई  जेलबाट होटलमा गएर बस्ने सुविधा नदिएको सरकारी अधिकारीहरु बताउँछन् ।

जेलमा छँदै आफ्नै कानुन व्यवसायी शकुन्तलाकी छोरी निहिता विश्वाससँग विवाह गरेका उनले जेलबाट छुटेपछि आज वा भोलि बौद्धस्थित होटल हायातमा भव्य विवाह भोजको तयारी समेत गरेका थिए । तर, जेलबाट अध्यागमन हिरासतमा राखेर सोझै विमान चढाएर फ्रान्स पठाइने भएपछि उनको उक्त योजना पनि भताभुङ भएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...