लियोनल मेस्सीले फाइनल खेलेर सन्यास लिने



 

 

अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले कतार विश्वकपको फाइनल आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल हुने बताएका छन् । अर्जेन्टिनाको डियारियो डिपोर्टिभो ओलेसँग कुरा गर्दै मेस्सीले कतार विश्वकपको फाइनल खेलेर सन्यास लिने बताएको विभिन्न अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मेस्सीकै प्रेरणामा मंगलबार राती क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको थियो। मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्।

अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन। सन् २००५ देखि सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएका मेस्सीले गत वर्ष मात्र कोपा अमेरिका जितेर सिनियर राष्ट्रिय टोलीमा उपाधि खडेरी टारेका थिए।

मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो।

प्रतिक्रिया दिनुहोस
ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम गरियो

    पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना

लाइट उपकरण बिग्रिंदा काठमाडौं विमानस्थलमा उडान प्रभावित

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रिंदा उडान/अवतरण प्रभावित

नेकपा एस अनेरास्ववियू खनाल-नेपाल गुटको अलग-अलग भेला

    नेकपा एससम्बद्ध अनेरास्ववियूले सोमबार काठमाडौँमा अलग अलग भेलाको आयोजना गरेका छन्

पूर्वराजाको हैसियत पनि गुम्ला : वामदेव

    राष्ट्रियसभा सदस्य वामदेव गौतमले दल खोलेर आगामी निर्वाचनमा भाग लिन पूर्वराजा