मोडल गणेशमान घलेको ‘सोल्टीनी क्या राम्री’ बजारमा



हाम्रो इकोनोमि

 

 

मोडल तथा नायक गणेशमान घलेले अभिनय गर्नु भएको ‘सोल्टीनी क्या राम्री’ बजारमा आएको छ । सुनिल गिरीको शब्द तथा संगीतमा रहेको गीति एल्बममा गणेशमान घलेलाई मोडल मिरुना राना मगरले साथ दिएकी छन् । यस गीति एल्बममा लम्जुङको भुजुङ गाउँको एउटा ठिटो अध्ययनको लागि बाहिर गएको र लामो समय पछि फर्किदा बाल्यकालको मायाँ प्रेमलाई सम्झना गर्दै पुन मिलन भएको एक प्रेमिल जोडीको विषयलाई प्रस्तुत गर्न खोजिएको छ । दर्शक श्रोताले अध्याधिक मन पराएको यस गीति एल्बमबाट मोडल घलेको चर्चा चुलिएको छ ।

बजारमा आएको ४ महिनामा नै पौने ५ मिलियन भ्यूज कमाउन सफल भएको यस एल्बमले युवा पिँडीको मन जित्ने प्रयास गरेको छ । धादिङको गंगा जमूना गाउँपालिकामा जन्मनु भइ करिब एक दशक अघिबाट साँगितिक क्षेत्रमा पाइला चाल्नु भएका घलेको हालसम्म दर्जन भन्दा बढी मोडलिङ भिडियो तथा चलचित्रहरु बजारमा आइसकेका छन् । गीत संगीत क्षेत्रमा मात्र नभएर घलेले मगर संस्कृतिमा आधारित चलचित्र माराङ, र गुरुङ भाषाको चलचित्रमा समेत मुख्य भुमिकामा रहेर अभिनय गरिसक्नु भएको छ । उहाँ पछिल्लो समय म्युजिक भिडियोको कोरियोग्राफरको रुपमा पनि सक्रिय रहँदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...