आजदेखि कस्ता मोबाइल चल्ने, कस्ता नचल्ने ?



हाम्रो इकोनोमि

 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस आजदेखि लागू हुँदैछ । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित ने आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।

आजसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट स्वतह एमडीएमएसमा दर्ता हुने पनि प्राधिकरणले जनाएको छ । तर अब मोबाइल किन्दा mdms.nta.gov.np गइ दर्ता भएरनभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ  यस्तै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको आईएमईआई दर्ता गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...