दिगो विकासको लक्ष्य भेट्टाउन नेपाललाई ९० बिलियन डलर आवश्यक : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन अमेरिकन डलर चाहिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन सो रकम चाहिने बताएका हुन् ।

‘नेपालले सन २०४५ सम्म जिरो कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । यसकालागि ठुलो रकम चाहिन्छ’, प्रधानमन्त्री देउवाले भने ।

उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आग्रह समेत गरे ।

लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरममा लगानीकर्ता सहजीकरणको लागि तयार पारिएको वान स्टेप सर्भिस वेबसाइटको पनि उद्घाटन गरिएको छ ।

यो डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहरीकरणसँग सम्बन्धित सबै निकायहरू आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान हुने लगानीबोर्डले जनाएको छ ।

यस्तै नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको स्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल नामक अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...