दिगो विकासको लक्ष्य भेट्टाउन नेपाललाई ९० बिलियन डलर आवश्यक : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन अमेरिकन डलर चाहिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन सो रकम चाहिने बताएका हुन् ।

‘नेपालले सन २०४५ सम्म जिरो कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । यसकालागि ठुलो रकम चाहिन्छ’, प्रधानमन्त्री देउवाले भने ।

उनले नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने बताउँदै उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आग्रह समेत गरे ।

लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरममा लगानीकर्ता सहजीकरणको लागि तयार पारिएको वान स्टेप सर्भिस वेबसाइटको पनि उद्घाटन गरिएको छ ।

यो डिजिटल प्लेटफर्ममार्फत लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहरीकरणसँग सम्बन्धित सबै निकायहरू आबद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान हुने लगानीबोर्डले जनाएको छ ।

यस्तै नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको स्टाब्लिसिङ अ फर्टिलाइजर प्लान्ट इन नेपाल नामक अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मल कारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...