नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनमा



हाम्रो इकोनोमि

 

 

देशभरका ४० हजार विद्यालय कर्मचारी माथि सरकारले ध्यान नदिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलनमा छ । परिषदले विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम गर्नु पर्ने माग राख्दै आएको छ । तर सरकारले उक्त माग सम्बोधन नगर्दा विद्यालय कर्मचारीहरु पटक पटक आन्दोलनमा उत्रन बाध्य छन् ।

परिषदले विद्यालय कर्मचारीहरू (विद्यालय सहायक, लेखापाल र विद्यालय सहयोगी) को हालसम्म नेपाल सरकारबाट उचित तलबमान कायम नभई झिनो अनुदानमा मात्र काम गर्नु पर्ने बाध्यता रहेको प्रति आपत्ति जनाउदैँ गत साउन २२ देखि भाद्र २ गते सम्म काठमाण्डौँमा आन्दोलन समेत गरेको छ । कार्यक्रममा देशभरका विद्यालय कर्मचारीहरु सहभागी थिए ।

परिषदले साउन २२ गते शिक्षा तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र सहित जानकारी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ज्ञापन पत्र सहित जानकारी, ३१ गते पत्रकार सम्मेलन, भाद्र १ गते देशै भरका विद्यालय कर्मचारीहरुको उपस्थीतिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना र २ गते देखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अनिश्चितकालिन धर्ना तथा कार्यालयमा तालाबन्दी कार्यक्रम गरिरहेका छन् ।

विद्यालयमा सरकारी तलवमा काम गरिरहेका कर्मचारी सरह आफूहरुले काम गर्दा पनि सरकारले हामिहरुलाई उपेक्षा गरिरहेको विद्यालय कर्मचारी परिषद नुवाकोटका अध्यक्ष झंकबहादुर सडौला (रामहरि) ले बताए । सरकारको विभेदकारी नीतिको विरुद्ध आफूहरु निरन्तर सङघर्ष गरिरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...