बजेटमा तोकिएका बाहेक नयाँ कार्यक्रम गर्न नपाइने



 

 

 

निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनमा आइतबारदेखि रोक लगाएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ योजना र कार्यक्रमले मतदातालाई प्रभावित पार्न सक्ने तथा समग्र निर्वाचनको निष्पक्षता र तटस्थतामा समेत प्रत्यक्ष असर पार्न सक्ने भन्दै नयाँ योजना र कार्यक्रममा रोक लगाइएको हो ।

‘मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने निर्वाचनूपुर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगर्न नगराउन नेपाल सरकार, सातवटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरुलाई आयोगले निर्देशन दिएको छ’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगका अनुसार ‘विपद् वा महामारीको पूर्वतयारी वा कुनै विपद्को अवस्था परी विपद व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सो को सामाना गर्न आवाश्यक उपाय अबलम्बन गर्नुपर्ने विषय’मा भने सो निर्देशन लागु हुने छैन ।

‘सोबाहेक कुनै पनि प्रकारको नयाँ आयोजन तथा कार्यक्रम सञ्चालन तथा कार्यान्वयन नगराउन तीनै तहका सरकारलाई आयोगले निर्देशन दिएको छ’ प्रवक्ता पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । तर, यसअघि नै बजेटमार्फत घोषणा गरिएका योजना तथा कार्यक्रम भने यथावत रुपमा सञ्चालन गर्न सकिने आयोगको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब ६७ करोडको कारोबार

    मंगलबार सेयर बजारको अंक २६ सयमुनि झरेको छ । अघिल्लो कारोबार

निर्वाचन आयोगमा दल दर्ता गर्ने विप्लव पार्टीको निर्णय

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को चुनावमा

सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेकाको बयान सकिँदै

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ

११ लाख ४७ हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण

  सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका