११ महिनामा १५ खर्ब ७७ अर्ब वैदेशिक व्यापार घाटा



हाम्रो इकोनोमि

 

 

चालु आर्थिक वर्ष २०७८/७९ को सुरूवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रूपैयाँ पुगेको छ ।

सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रूपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रूपैयाँको वस्तु निर्यात गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सुरूवाती ११ महिनामा नेपालको कूल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रूपैयाँ रहेको थियो । उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रूपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रूपैयाँको वस्तु निर्यात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रूपैयाँ रहेको थियो ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २९.५ प्रतिशतले वृद्धि भएको छ । सो समयमा कूल वैदेशिक व्यापार घाटा २५ प्रतिशत, आयात २७.५ प्रतिशत, निर्यात ५३.३ प्रतिशत र व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...