पाठ्यक्रममा कहाँबाट ईसा आयो : भीम रावल



हाम्रो इकोनोमि

 

 

एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गर्नूभएको छ। पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ। विहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका ब्यक्त गर्नुभएको हो । पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै उनले शिक्षामन्त्रीलाई प्रश्न गर्नूयभो , ‘कहाँबाट आयो ईसा ?’ पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको उहँले आशंका ब्यक्त गर्नुभयो ।

‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश रुमैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ?’ उहाँले भन्नुभयो ,‘कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ? कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ?’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...