दोलखाका कांग्रेस सभापतिसहित वडा कमिटीका सवै नेता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित वडा कमिटीका सवै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

लामिडाँडामा बुधवार आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई एमाले पोलिटव्युरो सदस्य आनन्द पोखरेल, वागमती प्रदेश कमिटीका नेता लालकुमार केसी, डबल पाण्डे, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्दै नेता कार्कीले गठबन्धनको नाममा कांग्रेसले बिपी कोईरालाको विचार छाड्दै गएकाले आफु एमाले प्रवेश गरेको बताउनुभयो । कांग्रेसको वडा सभापतिको जिम्मेवारीमा रहेका नेता कार्कीले ३६ वर्ष कांग्रेस राजनीतिमा बिताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...