दोलखाका कांग्रेस सभापतिसहित वडा कमिटीका सवै नेता एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित वडा कमिटीका सवै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

लामिडाँडामा बुधवार आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई एमाले पोलिटव्युरो सदस्य आनन्द पोखरेल, वागमती प्रदेश कमिटीका नेता लालकुमार केसी, डबल पाण्डे, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्दै नेता कार्कीले गठबन्धनको नाममा कांग्रेसले बिपी कोईरालाको विचार छाड्दै गएकाले आफु एमाले प्रवेश गरेको बताउनुभयो । कांग्रेसको वडा सभापतिको जिम्मेवारीमा रहेका नेता कार्कीले ३६ वर्ष कांग्रेस राजनीतिमा बिताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...