नारायणकाजी पनि माओवादी छाडने संकेत, एक्लिदै प्रचण्ड



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रको विवाद संसदबाट एमसीसी पारित भएसँगै विभाजनको खतरासम्म पुगेको छ । नेता नारायणकाजी श्रेष्ठले पार्टी विभाजन गरेर नै जान सक्ने खतरा माओवादीमा चर्चाको विषय बन्न थालेको छ । अब, श्रेष्ठले आजको केन्द्रीय कमिटीको बैठकमा लिखित रुपमा राजनीतिक प्रतिवेदन ल्याउने तयारीले माओवादीभित्र झनै तरंग ल्याएको छ

माओवादीका केन्द्रका नेता श्रेष्ठले  २०७८ फागुन २० गतेको बैठकमा लिखित राजनीतिक प्रतिवेदन नै ल्याउने तयारी गरेको बताइरहेका छन् । पार्टीभित्र उत्पन्न विवादका कारण आजको केन्द्रीय कमिटीको बैठक पनि निर्धारित समयमा हुन सकेन ।

श्रेष्ठनिकट नेताहरु अहिले आक्रमक रुपमा प्रस्तुत भइरहेका छन् । र, निरन्तर गोप्य छलफल गरिरहेका छन् । अध्यक्ष प्रचण्डमाथि दबाब बढाउने रणनीतिमा देखिएका नारायणकाजी श्रेष्ठले अन्तिम विकल्प पार्टी विभाजनसम्म सोचमा रहेको चर्चा माओवादी नेताहरुको छ ।   उस्तै परे पार्टी विभाजन गर्नुपर्ने भएमा त्यसका लागि परिस्थिति बनाउन पनि आधार खडा गर्न लिखित दस्तावेज ल्याउने चर्चा चलेको हो । तर, त्यसबारेमा श्रेष्ठनिकट नेताहरुले औपचारिक रुपमा भने केही पनि बताएका छैनन ।

२०७८ फागुन १७ गते मंगलबार, २०७८ फागुन बुधवार र  फागुन १९ गते बिहीवार तीन दिन लगातार श्रेष्ठ समूहका नेताहरु छलफलमा जुटेका थिए । र, उक्त छलफलमा प्रचण्डको विकल्प खोज्नुपर्ने निष्र्कषमा पनि निकालेका थिए ।

प्रचण्डमा सुधार नहुने निष्कर्ष निकालेका उनीहरुले श्रेष्ठलाई लिखित दस्तावेज लैजान पनि सुझाव दिएका हुन् । माओवादीभित्र श्रेष्ठले लिखित दस्तावेज ल्याउने व्यापक चर्चा चलिरहेका बेला उनीनिकट सूत्रहरुले श्रेष्ठले लिखित दस्तावेज लैजानेबारे अन्तिम निर्णय भने लिइ नसकेको बताउने गरेका छन् ।   श्रेष्ठले राजनीतिक प्रतिवेदन ल्याएर प्रचण्डमाथि दबाब बढाएमा २०७२ साल असोज २ मा संविधान जारी गरेलगत्तै नेता बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेपछि प्रचण्डलाई फेरि त्यस्तै सकस पर्ने अवस्थाछ ।

माओवादीमा बाबुराम भट्टराई, मोहन बैद्यमात्रै त्यस्ता नेता थिए, जसले प्रचण्डलाई राजनीतिक प्रस्ताव पेश गरेर हैरानी बनाउथे । पार्टीभित्र अन्तरसंर्घष चलाउँथे । तल्लो तहसम्म बहस चलाउथे ।

 

वैमनस्यताको पर्खाल

एक हिसाबले पार्टीलाई चलायमान त बनाउथे त्यतिमात्र होइन, विभाजनको बिउ पनि त्यस्तै राजनीतिक प्रतिवेदन नै बन्ने गरेका थिए । कम्युनिष्ट पार्टीभित्र जब राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत हुन्छ, त्यसैले विभाजनको बिऊ रोप्छ ।

वैमनस्यताको पर्खाल खडा गरिदिन्छ । संभवतः नारायणकाजी श्रेष्ठको हकमा पनि त्यही हुने अवस्था उत्पन्न भएकाे छ । नेता श्रेष्ठले माओवादी केन्द्रसँग एकता गरेपछि पहिलोपटक राजनीतिक दस्तावेज पेश गर्नका लागेका हुन् । त्यसले गर्दा पनि अवस्था गम्भीर बन्दै गएकाे छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...