हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको अझै म्याजिक नम्बर नै रहेको दाबी गरेका छन् । माओवादी काभ्रे काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले म्याजिक सीटकै कारणले अहिले नै चिन्तित हुनुपर्ने कारण नरहेको बताए । उनले भने, ‘हामीले भ्रष्टाचारविरुद्धको अभियान भनेर सुरु गर्‍यौं, हामीसँग संख्या थिएन । यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को हाम्रो संख्यालाई जादूको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरु अझै बढी उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु । किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन । प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठक बसेर नयाँ कार्यक्रमसहित जनतामा जाने तयारी गरिरहेको र त्यहीअनुसार लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस
नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...