योगगुरु रामदेवलाई पर्यटन दुत बन्न मन्त्री आलेको आग्रह



हाम्रो इकोनोमि

 

 

 

नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दुतका रुपमा अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दुत बन्न आग्रह गर्नु भएको छ । मन्त्रालयद्धारा आज आइतबार राष्ट्रदेब पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्नु हुँदै मन्त्री आलेले भारतीय योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटनदुत बन्न आग्रह गर्नु भएको हो ।

 

मन्त्री आलेको आग्रह पछि योगगुरु रामदेवले नेपाल संसारकै अदितिय पर्यटकिय गन्तव्य भएको र आफु पर्यटन दुत हुन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारको पर्यटन दुत बन्न गरिएको हाग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्ने छु, दुत हुन पाउनु मेरो गौरवको विषय हो ।” उक्त शिविरकै अवसरमा मन्त्री आलेले योगगुरु रामदेव र आचार्य बालकृष्णलाई राष्ट्रदेब पशुपति नाथको दर्शन समेत गराउनु भएको थियो ।

 

 

मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मान समेत गर्नु भएको थियो ।
उक्त योग शिविरमा पूर्व अर्थराज्यमन्त्री लार्के लामा, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्रालयका उच्च अधिकारी र सयौँ योग साधकहरुको उपस्थिती रहेको थियो । योग शिविर पश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्नु भएको छ । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो । –विमलबहादुर विष्ट
–––

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...