योगगुरु रामदेवलाई पर्यटन दुत बन्न मन्त्री आलेको आग्रह



हाम्रो इकोनोमि

 

 

 

नेपाल सरकारले भारतीय योगगुरु रामदेवलाई पर्यटन दुतका रुपमा अघि सारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दुत बन्न आग्रह गर्नु भएको छ । मन्त्रालयद्धारा आज आइतबार राष्ट्रदेब पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्नु हुँदै मन्त्री आलेले भारतीय योगगुरु रामदेवलाई नेपालको सद्भावना पर्यटनदुत बन्न आग्रह गर्नु भएको हो ।

 

मन्त्री आलेको आग्रह पछि योगगुरु रामदेवले नेपाल संसारकै अदितिय पर्यटकिय गन्तव्य भएको र आफु पर्यटन दुत हुन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारको पर्यटन दुत बन्न गरिएको हाग्रहलाई उचित समयमा औपचारिक रुपमा ग्रहण गर्ने छु, दुत हुन पाउनु मेरो गौरवको विषय हो ।” उक्त शिविरकै अवसरमा मन्त्री आलेले योगगुरु रामदेव र आचार्य बालकृष्णलाई राष्ट्रदेब पशुपति नाथको दर्शन समेत गराउनु भएको थियो ।

 

 

मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मान समेत गर्नु भएको थियो ।
उक्त योग शिविरमा पूर्व अर्थराज्यमन्त्री लार्के लामा, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्रालयका उच्च अधिकारी र सयौँ योग साधकहरुको उपस्थिती रहेको थियो । योग शिविर पश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्नु भएको छ । योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो । –विमलबहादुर विष्ट
–––

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...