संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले डोटी जाँने



हाम्रो इकोनोमि

 

 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले बुधबार बिहान डोटी जाने कार्यक्रम तय भएको छ । जिल्लाको सबै भन्दा ठूलो तथा पवित्र धार्मिक तिर्थस्थल बडिकेदारमा हुने ठूलाकेदारको पूजामा सहभागि हुँन मन्त्री त्यहाँ जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । मन्त्री आले हेलिकप्टर मार्फत बुधवार दिउँसो १२ बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको उहाँका प्रमुख स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी दिनुभयो । साथै मन्त्री आलेले त्यहाँ रहेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पनि बडिकेदारको थप प्रचार प्रशार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बिचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडिकेदारमा बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्राय जसो सन्तान प्राप्त नभएका अधिकाँश महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् । उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरु आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...