पर्यटन मन्त्री आले र इजरायली राजदूतबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग नेपालका लागि इजरायलका राजदूत हेनान गोदरले आज सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत गोदरले इजरायल र काठमाडौँ बिच सिधा हवाई उडानका लागि इजरायल सरकारले पहल गर्ने आश्वासन दिनुभयो । सोही क्रममा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाइ उडान गर्न इजरायल सरकार इच्छुक रहेको जानकारी समेत दिनुभयो ।

 

साथै भेटवार्ताका क्रममा मन्त्री आलेसँग राजदूत गोदरले दुइ हप्ता भित्रमा कम्तीमा पनि एक हजार नेपाली कामदार इजरायल लैजाने कार्यक्रम रहेको र सोका लागि नेपाल वायुसेवा निगमको ब् घघण् जहाँज भाडामा लिन इच्छुक रहेको बताउनुभयो । यसैगरी राजदूत गोदरले नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादरका विषयमा चासो व्यक्त गर्नु भएको थियो । राजदूत गोदरसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल र इजरायल बिच सिधा हवाइ सम्पर्कका लागि आफुहरु तयार रहेको बताउनुभएको थियो ।

 

नेपालको आन्तरिक हवाइ उडानमा बिदेशी र नेपालीको असमान हवाइ भाडादर घटाउन पहल गर्ने मन्त्री आलेले राजदूत गोदरलाई आश्वासन समेत दिनुभयो । भेटवार्ताकै क्रममा राजदूत गोदरले ९मचष्खभ ष्ल अष्लझब० गाडीमा बसी ५० वटा ठूलो पर्दामा फिलिम हेर्न मिल्ने प्रबिधि नेपालमा पहिलो पटक प्रयोग गरी ५० मिनेटको इजरायलको फिलिम हेर्ने कार्यक्रमको प्रमुख आतित्थ्यका लागि मन्त्री आलेलाई निमन्त्रण समेत गर्नुभयो । दुइ हप्ता पछि उक्त कार्यक्रम नेपालको सोल्टि होटेलमा उद्घाटन गरिने जनाइएको छ ।

 

भेटकै क्रममा मन्त्री आलेले नेपालको विविधि क्षेत्रमा इजरायले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्‍वास समेत व्यक्त गर्नुभयो । नेपाल सरकारले निजगढमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानीकर्ता जुटाइ दिन वा न्द्दन् मार्फत काम गर्न समन्वय गरिदिन मन्त्री आलेले राजदुत गोदरसँग आग्रह गर्नुभयो । सो विषयमा राजदुत गोदरले आवश्यक समन्वय र पहल गर्ने आश्वासन दिनु भएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...