नागरिक खुशी पार्ने मन्त्री आलेको अर्को कदम सुरु, विमानस्थलमा निःशुल्क बस सञ्चालन हुने



हाम्रो इकोनोमि

 

 

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन विमानस्थलमा आन्तरिक र बाह्य हवाइ यात्रा गर्ने यात्रुहरुको सहजताका लागि शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने जानकारी दिनु भएको हो । विमानस्थलमा रहेका ट्याक्सी हरुले चर्को भाडा लिदै आएको गुनासो मन्त्री आलेलाई गरेपछि मन्त्री आलेले विमानस्थलमा चार वटा शटल बस निःशुल्क सञ्चालन गरिने बताउनु भएको हो ।

सोही क्रममा मन्त्री आलेले मजदुरहरूका लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि नानकारी गराउनुभयो । उहाँले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी देशहरूसँग जोड्ने पश्चिमतर्फको हवाई रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताउनुभयो । “मन्त्रालयले विगतमा भन्दा अहिले धेरै तीव्रताका साथ काम गरेका छ,” मन्त्री आलेले भन्नुभयो, “म आइसकेपछि तीव्रताका साथ काम गरेको छु ।

एक सय चार दिनदेखि नेपाल एअरलाइन्सको अफिसमा भएको तालाबन्दी खुलाउने काम गरेँ । पीसीआर परीक्षणमा व्यापक अनियमितता भएको कुरा थियो, त्यसलाई मैले नियन्त्रण गरेँ, त्यसपछि जति पनि विदेश जाने हाम्रा श्रमजीवी मजदुरहरूको निमित्त एउटा छुट्टै विश्राम घरको निर्माण गर्ने भनेर मैले निर्देशन दिइसकेको छु । त्यो काम पनि चाडै हुन्छ ।” मन्त्री आलेले भारतीय सिभिल एभिएशन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एअरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताउनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...