पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी रक्सी काण्डमा



हाम्रो इकोनोमि

 

 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी रक्सी काण्ड मच्चाएका छन् । लण्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर नेपाल फर्कदा ६ बोत्तल रक्सि उनले बोकेका थिए । विदेशबाट आउँदा एक जनाले एक बोतल रक्सी ल्याउन पाउने नियम भएपनि उनले ६ बोत्तल रक्सि ल्याएपछि सीईओ रेग्मी र भन्सार चेकिङमा बसेका कर्मचारीबीच धकेला–धकेल भएको थियो । नेपाल पर्यटन बोर्डका सीईओ रेग्मीलाई त्रिभुवन भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । भन्सार कार्यालय प्रमुख महेश भट्टराईले भने, ‘म व्यक्ति को हो चिन्दिन, तर भन्सार कर्मचारीमाथि दुर्व्यवहार भएपछि जरिवाना तिराइएको छ ।’ पर्यटन बोर्डका सीईओ डा। रेग्मीले भन्सार कर्मचारीसँग विवाद भएको स्वीकार गरे ।

मलाई दुर्व्यवहार गरे : सीईओ रेग्मी

६ जनाकै रक्सीको ब्याग मैले बोकेको थिएँ । जब म भन्सारको चेकिङ पूरा गरेर अगाडि बढ्न खोजेँ, भन्सारका एक जना कर्मचारीले त्यसलाई समात, भन्दै तँ तँ म म बोल्दै मलाई रोक्न खोजे । त्यो क्रममा मेरो हातमा भएको ब्याग स्वीङ हुने क्रममा उहाँलाई धकेलियो ।

त्यसपछि कर्मचारीलाई निहुँ भइहाल्यो । हात हालियो भन्ने इस्यू बनाइयो । खासमा अन्य साथीहरुको रक्सीको बोतल मैले बोकेका कारण यो भन्सार विपरीत काम भएको भन्नुभयो । मैले यो मेरो मात्र होइन, अन्य साथीहरु इमिग्रेसनको लाइनमा हुनुहुन्छ, उहाँहरुको बोतल मैले बोकिदिएको हो भन्दा मेरो कुरा कसैले पनि सुनेन । त्यसपछि मलाई मापसे सेवन गरेको भनेर रिपोर्ट बनाइयो । मैले हवाइ यात्राभर मदिरा पिएको थिइन । १४,  १५ घण्टा अगाडि होटेलमै पिएको थियो । तर, मलाई चेकजाँच नै नगरी कसरी मापसे पोजेटिभ रिपोर्ट बनाइयो, म छक्क परेँ । त्यहाँ प्रश्न गर्ने कोही थिएन ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...