एमालेमा धमाधम गुट चेन्ज, को-कता गए ( नामासहित )



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेमा धमाधम गुट अदलबदल हुन थालेको छ । अध्यक्ष केपी शर्मा ओली गुटबाट उनैले मन्त्री बनाएका सांसदहरुले साथ छाड्न थालेका छन् । माधव कुमार नेपाल पक्षबाट पनि लामो समय साथ रहेकाहरुले साथ छाड्न थालेका छन् । नेपाल पक्षमा बसेर पटक पटक मन्त्री बनेकाहरुले नै उनलाई छाडेर ओली गुटमा लागेका छन् । माधव नेपालसँग लामो समय साथ रहेका एमाले उपाध्यक्ष भीम रावलले गुट छाडेका छन् । उनी आजको माधव नेपाल पक्षीय स्थायी कमिटी बैठकमा सहभागी भएनन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पनि दिएनन् । उनी पछिल्लो समय ओलीसँग नजिकिएका छन् ।

माधव नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र घनश्याम भुसाल पनि माधव नेपालबाट टाढिएका छन् । उनीहरुले पनि देउवालाई विश्वासको मत दिएनन् । पार्टी एकता पक्षधर भनिएका यी नेताहरुले पार्टी विभाजन भएको अवस्थामा नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । पूर्वमन्त्री प्रेमबहादुर आले र धनबहादुर बुढाले ओलीको साथ छाडिसकेका छन् । उनीहरुलाई ओली प्रधानमन्त्री हुँदा मन्त्री बन्ने अवसर मिलेको थियो । आले त माधव नेपालको पक्षमा बढीभन्दा बढी सांसद तान्ने जिम्मा लिएर सक्रियता बढाइरहेका छन् ।

यसअघि ओली पक्षका सांसद किसान श्रेष्ठ पनि नेपाल पक्षमा गएका छन् । उनी तत्कालीन समाजवादी पार्टी विभाजनका लागि डा. सुुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउने योजनामा संलग्न थिए । यसलाई अपहरणकाण्ड भनेर चर्चामा ल्याइएको थियो । ओलीका लागि कलंकको टीका नै लगाउन तयार भएका किसान श्रेष्ठ समेत गुट बदल्ने अवस्था बनेपछि अझ थपिने सम्भावना देखिएको छ ।

अबको केही दिन एमालेमा गुट परिवर्तनले गति लिने देखिएको छ । एमालेमा कस्को कति केन्द्रीय सदस्य र सांसद हुने हो ? केही दिनभित्रै टुंगो लाग्ने देखिन्छ । गुट अदलबदलको क्रम जारी रहिरहेको र एमालेको औपचारिक विभाजनको अवस्थामा मात्र खुलस्त हुने निश्चित छ । माधव नेपाल सकेसम्म ओलीलाई एमाले अध्यक्षबाट हटाउन सक्रिय छन् । त्यसका लागि केन्द्रीय कमिटीमा बहुमतको प्रयास गरिरहेका छन् । बामदेव गौतम समेत मिलेर नेपाललाई साथ दिइरहेका छन् । सांसदहरु पनि बढीभन्दा बढी संख्या बनाएर नेपाल समूह अगाडि बढ्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...