वागमतीका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको चर्चा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले कानूनी विभाजन बाँकी रहेका बेला मुख्यमन्त्री फेरेर भने पनि वागमती प्रदेशमा एमालेकै सरकार कायम राख्नेबारे छलफल भएको छ । मुख्यमन्त्री डोरमणी पौडेल आफैं पनि पावर शेयरिङ वा पद छाड्ने दुवै विकल्पमा सकारात्मक छन् । वागमती प्रदेशमा एमालेको बहुमत छ । तर, विपक्षी दलले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला माधव नेपाल पक्षका एकजना सांसदले असहयोग गर्नासाथ सरकार ढल्छ ।

केन्द्रमा विवाद भए पनि वागमतीमा अहिलेसम्म अष्टलक्ष्मी शाक्यले बजेट तथा नीति कार्यक्रम पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् । नीति कार्यक्रम पारित गरेकोमा माधव नेपालले शाक्यलाई बोलाएर असन्तुष्टी समेत जनाएका थिए । तर, शाक्यले आफू वागमतीको नेता भएकाले हस्तक्षेप नगर्न भनेकी थिइन् । शाक्यले वागमतीबाट पार्टी एकतामा दबाब दिन खोजेकी छन् । स्रोतका अनुसार मंगलवार पनि मुख्यमन्त्री पौडेल र माधव नेपाल पक्षका अष्टलक्ष्मी,राजेन्द्र पाण्डे र अरुण नेपाल लगायतका नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा पौडेलले आफू मन्त्रिपरिषद पुनर्गठन गरेर पार्टीभित्रको सन्तुलन मिलाउन पनि तयार रहेको र आवश्यकता परे मुख्यमन्त्री छाडेर पार्टीकै अर्को नेतालाई बनाउन पनि तयार रहेको बताएका छन् । पावर शेयरिङ लगायत प्रदेश सरकार र प्रदेशसभासँग सम्बन्धित पार्टीभित्रको सन्तुलन मिलाउन वागमतीमा एमालेका दुवै पक्षका नेता सम्मिलित अनौपचारिक कार्यदलले काम गरिरहेको छ ।

कार्यदलले मुख्यमन्त्रीको पक्षबाट केशव पाण्डे र दीपक निरौला छन् भने अष्टलक्ष्मी पक्षबाट राजेन्द्र पाण्डे र अरुण नेपाल छन् । कार्यदललाई मुख्यमन्त्रीको विषयमा छलफल नगर्न भनिएको छ । यो विषयमा पार्टी अध्यक्ष केपी ओलीले भने अनुसारनै गर्ने नेताहरुले बताएका छन् । वागमती प्रदेश सरकारबाट तत्कालीन नेकपा विभाजनसँगै प्रचण्ड पक्षका शालिकराम जमरकट्टेल र युवराज दुलाल तथा माधव नेपाल पक्षका अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

अहिले सरकारमा ओली पक्षका मात्र मन्त्री छन् । पौडेलले अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुसँगको छलफलमा मन्त्री परिषदमा नेपाल पक्षका मान्छे समेट्न तयार रहेको बताएका छन् । छलफलमा सहभागी एक नेताले भने, ‘मुख्यमन्त्री छाड्न पनि तयार छु र मन्त्रिपरिषद् सन्तुलित बनाउन पनि तयारै छु भन्नुभएको छ । मुख्यमन्त्री छाड्ने सन्दर्भमा फेरि पनि अध्यक्ष केपी ओली लगायत शीर्ष तहमै कुरा हुनुपर्छ, तत्काललाई हाम्रा केही साथी मन्त्री बनाउन पनि सकिन्छ ।’

पौडेलले मुख्यमन्त्री छाडेमा माधव नेपाल पक्षका राजेन्द्र पाण्डे र अरुण नेपालमध्ये एकजना सो पदका आकांक्षी हुन् । संसदीय दलमा केपी ओली पक्षको बहुमत भएकाले सहमतिमा बाहेक अरु प्रक्रियाबाट उनलाई हटाउन अविश्वास प्रस्ताव नै ल्याउनुपर्छ । एमाले पोलिटव्यूरो सदस्यसमेत रहेका नेता अरुण नेपालले वागमतीबाट पार्टीलाई एकताको लागि दबाब र सन्देश दिन आफूहरूले चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...