महेश बस्नेतले माधव नेपाललाई पार्टी छाडेर जानुस भनेपछि ………



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माधवकुमार नेपाललाई एमालेमा बसेर पार्टी हितविपरीत काम गर्नुभन्दा पार्टी छाडेर जान सुझाव दिएका छन् ।

राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले एमाले छाडे सम्मानजनक बिदाई गर्ने बताए । ‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु- साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ,’ बस्नेतले भने, ‘तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुतला जलाउँदैनौं । तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको बारे पनि प्रतिक्रिया जनाए । प्रचण्डसँग आफूहरू नभइ प्रचण्ड डराएर सुरक्षा थपेको दावी बस्नेतले गरे । ‘प्रचण्डलाई थ्रेट बढ्यो रे,’ उनले भने, ‘डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपिए रे हिजो ।’

बस्नेतले थपे, ‘जुन कुकुर डराउँछ, त्यही कुकुर भुक्छ भन्ने उखान छ । हाम्राविरुद्ध षड्यन्त्र गरेर असंख्य भाषण गर्ने कमरेड प्रचण्ड, हामी तपाईंसँग डराएका छैनौं । तपाईं डराउनुभयो भन्ने प्रमाण यही हो सुरक्षा थ्रेट ।’

प्रतिक्रिया दिनुहोस
चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...