उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्दै बामदेव गौतम



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेभित्र कित्ताकाट लगभग स्पष्ट भएको छ । तटस्थ बस्दै आएका उपाध्यक्ष बामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा गएका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह या विकासे मन्त्रालयको जिम्मेवारीमा जाने निश्चितप्रायः भएको छ ।

माधव नेपाललाई भीम रावललगायतका नेताहरुले छाड्ने अवस्था बनेपछि बामदेवको इन्ट्री भएको थियो । उनले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई साथ राखेर भविष्यसम्मको रणनीति तयार गरेका थिए । त्यसपछि नेपाल पक्षमा लागेर शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद संख्या बढाउन लागेका थिए ।

गौतमले साउनको १ र २ गते निकै सक्रिय भूमिका खेलेको बुझिएको छ । उनकै पहलमा केही सांसदहरु अध्यक्ष केपी शर्मा ओली समूह छाडेर नेपाल समूहमा आएका थिए । मतदानको बखत मात्र त्यो खुलेको थियो । गौतमले मतदानभन्दा केही घन्टा अघि आफू विश्वासको मतको पक्षमा रहेको सार्वजनिक रुपमा बोलेका थिए । योसँगै उनी विधिवत रुपमा माधव नेपाल पक्षमा लागेको देखिएको थियो ।

उनले विगतमा काँग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टै भेटेर प्रधानमन्त्री बन्न सहयोग गर्ने वचन समेत दिएका थिए । उनले प्रतिनिधि सभा ब्युँताउने सवालमा निकै महत्वपूर्ण भूमिका खेलेको बुझिएको छ । देउवालाई विश्वासको मत दिलाउन पनि उनले एमालेभित्र सक्रियता देखाएका थिए ।

गौतमले ओलीमाथि चौतर्फी दबाब बढाउन पनि यस्तो भूमिका खेलेका थिए । उनले कुनै हालतमा ओलीलाई एमाले अध्यक्षबाट हटाउने गरी सक्रियता बढाइसकेका छन् । यसैगरी, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले ओलीलाई अध्यक्षबाट हटाउने प्रयास गर्ने नभए विकल्पमा पार्टी विभाजन गरी नेकपा माओवादी केन्द्रसँग मिलेर एकीकृत पार्टी बनाएर जानेबारे समेत छलफल बढाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...