जनकपुर–जयनगर रेलवे: ट्रयाक परीक्षणका लागि भारतबाट ल्याइयो रेल



हाम्रो इकोनोमि

 

 

भारतको जयनगर–जनकपुर–कुर्था रेलवे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्न भारतबाट रेल ल्याइएको छ । जनकपुरहुँदै रेल कुर्था पुगेको छ । रेलमा नेपाल र भारतका अधिकारीहरु सहभागी छन् । निर्माणाधीन रेलवे ट्रयाकको स्पिड परीक्षण कुर्थाबाट सुरु हुने रेल्वे विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

जयनगरदेखि कुर्थासम्मको दूरी ३४ किलोमिटर छ । रेल १२० किलोमिटर प्रतिघण्टा स्पिडमा कुदाएर ट्रयाकको गुणस्तर परीक्षण गरिने इन्जिनियर ओझाले बताए । उनले सरकारले खरिद गरेको रेल ट्रयाक परीक्षण गर्ने खालको नभएकाले अर्को रेल भारतबाट ल्याइएको बताए । सरकारले १० महिनाअघि किनेको दुई सेट रेल ईनर्वा स्टेशनमा थन्काएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...