नेपाल पक्षको प्रस्ताव ओलीले मानेनन्



हाम्रो इकोनोमि

 

 

स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका थिए । तर बैठक चलिरहँदा पार्टीमा एकताका लागि १०बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा आइपुगेका थिए ।

कार्यदलमा नेपाल पक्षका संयोजक समेत रहेका उपाध्यक्ष भीम रावलका अनुसार अध्यक्ष ओलीले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्र बोल्न पाउने बताएका थिए । तर आफूले कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि अध्यक्ष ओलीले समय दिएका थिए ।

बैठकमा रावलले कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्न र बैठक रोक्न आग्रह गरेका छन् । उनका अनुसार कार्यदलले २ जेठ २०७५ मा कायम रहेको एमालेको कमिटीमा फर्किने र त्यसको बैठक बोलाउने प्रक्रियामा समेत सहमति जुटाएको छ । तर त्यसविपरीत बैठक राखेको भन्दै उनले भने, ‘कार्यदलले जे सहमति गरेको छ, त्यसअनुसार बैठक अगाडि बढाउनुस् ।’

‘एमालेको एकतालाई खण्डित गर्ने खेल नगर्नुस् । राष्ट्रिय एकता, आम जनता र एमालेका कार्यकर्ताका हितका लागि एमालेको एकता अपरिहार्य छ । यसलाई कायम गरियोस् । कार्यदलमा जे सहमति गरेका छौं, त्यो भन्दा अन्यथा नगरियोस्,’ उनले अघि भने ।

एमालेको एकताका लागि अध्यक्ष ओली र अरु नेताहरुले गम्भीर रुपमा सोच्नुपर्ने भन्दै उनले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

कार्यदलमा भएको सहमति अनुसार अगाडि बढ्ला भन्ने अपेक्षा गरेको बेला निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले झनै अप्ठ्यारो पारेको भन्दै उनले, ‘अलिकति समय आवश्यक पर्‍यो । आजको स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुस् ।’ तर ओलीले बैठक रोक्न अस्वीकार गरेका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...