स्थायी कमिटी बैठकमा हामी जान्छौ : नेता पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको स्थायी कमिटी बैठकमा वार्ता टोलीले सहमति जुटाएको १० बुँदे सम्झौतामाथि छलफल हुन लागेका बेला माधव नेपाल पक्षका नेताहरु पनि बैठकमा उपस्थित हुने भएका छन् । वार्ता टोलीमा रहेका नेपाल पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओली र महासचिव ईंश्वर पोखरेलसँग छलफल गर्न बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल जाँदैछन् ।

वार्ता टोली सदस्य सुरेन्द्र पाण्डेले आफूहरु अध्यक्षसँग कुरा गर्नका लागि बैठकस्थलमा जान लागेको बताए । कार्यदलले अध्यक्ष र महासचिवलाई आग्रह गरेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । माधव पक्षकै अर्का नेता भीम आचार्यले भने–बैठकमा हामी केही साथीहरु आउँछौ तर बैठक राख्नको लागि आग्रह गर्न आउछौं । आजकै बैठकमा हाम्रो औपचारिक सहभागिता भन्दा पनि कुरा गर्न आउने हो ।

माधव पक्षधर कार्यदल सदस्यहरुको आग्रहमै आज स्थायी कमिटी बैठक संसदीय दलको भन्दा अगाडि राखिएको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए । आजको बैठकमा सहभागी भएर सहमतिको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरिने नेताहरुले बताएका छन् । यसअघि स्थायी कमिटीको अनौपचारिक वैठकमा उपस्थित भएर माधव पक्षधर वार्ता टोली संयोजक भीम रावलले १० बुँदे सम्झौता बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...