निवर्तमान मन्त्री आलेद्धारा ५० हजार उपचार सहयोग



हाम्रो इकोनोमि

 

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी तथा स्थानीय डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । कोराना सङ्क्रमणका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि कैलालीबाट हेलीकप्टरमा ल्याइ काठमाडौँको मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराइ रहनु भएका जोशीको उपचारका लागि निवर्तमान मन्त्री आलेले उक्त रकम प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

निवर्तमान वन तथा वातावरणमन्त्री आले आज शुक्रबार उक्त अस्पतालमा पुग्नु भइ जोशीका छोरी हिमान्सु जोशीलाई उक्त आर्थिक सहयोग प्रदान गर्नु भएको हो । कोराना सङ्क्रमणका कारण जोशीको अवस्था गम्भीर भएपछि अहिले उहाँको मेडिसिटी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टीलेटरमा राखी उपचार भइ रहेको छ । जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् । आलेले यस अघि पनि थुप्रै पीडितहरुलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्दै आउनु भएको छ । विमल विष्ट

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...