पोखरेललाई झलनाथले भने–पार्टी मिलाउनुहोस कमरेड



हाम्रो इकोनोमि

 

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नर्भिक अस्पतालमा उपचार गराईरहेका झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकार लिएका छन् । पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले पोखरेलले नेता खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् ।भेटवार्ताको क्रममा नेता खनालले पार्टी मिलाउनको लागि पोखरेललाई आग्रह गरेको पनि बताईएको छ ।

 

पाण्डेले लेखेका छन्–नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटी उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभयो । भेटमा नेता खनालले महासचिव पोखरेललाई ‘तपाईंले पार्टी मिलाउनुस् कमरेड !’ भनेर आग्रह गर्नुभयो । शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासचिव पोखरेलले ‘तपाईं छिट्टै निको भएर आउनुस् अनि सल्लाह गरौं!’ भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...