सरकार बनाउने कांग्रेस-माओवादीको खेल, यसरी भयो फेल
नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले ठाडै अस्वीकार गर्नुभएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने प्रस्ताव अश्वीकार गर्नुभएको हो । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा अध्यक्ष ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । ठाकुरनिकट स्रोतका अनुसार देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन आग्रह गर्नुभएको थियो ।
तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिनुभएको छ । जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको पाइएको हो ।
१९ सांसदको हस्ताक्षरसहित ठाकुरले पठाए राष्ट्रपति कार्यालयमा पत्र (
नामसहित )
जसपाका अध्यक्ष महन्थ ठाकुरले आफुसंग बहुमत सांसदको हस्ताक्षर रहेको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । अध्यक्ष ठाकुरले बिहिवार पठाएको पत्रमा १९ जना सांसदको हस्ताक्षर छ । जसपाको संसदमा ३२ जना सांसद छन् ।
यसअघि संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको लागी जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रसंग मिलेर राष्ट्रपति कार्यालयलाई पत्र पठाएका थिए । ठाकुरले भने यादवको दावीलाई अवैधानिक भएको बताएका थिए । उनले आफुसंग बहुमत भएको दावी गर्दैै आएका थिए ।
यी हुन ठाकुरलाई साथ दिने १९ सांसद
१.राजेन्द्र महतो
२.शरतसिंह भण्डारी
३.इकवाल मिया
४.विमल प्रसाद श्रीवास्तव
५.अनिलकुमार झा
६.अमृता अग्रहरी
७.चन्दा चौधरी
८.चन्द्रकान्त चौधरी
९.उमाशंकर अरगरिया
१०.दुलारी देवी खंगा
११.नरमाया ढकाल
१२.रुही नाझ
१३.निर्जला राउत
१४.राजकिशोर यादव
१५.रानी मण्डल
१६.लक्ष्मणलाल कर्ण
१७.प्रमोद साह
१८.कलुदेबी बिश्वकर्मा
१९. महन्थ ठाकुर
राष्ट्रपतिलाई जसपाको पत्र
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता विफल भएको जसपा स्रोतले जनाएको छ । ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
ठाकुरनिकट स्रोतका अनुसार देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन आग्रह गरेका थिए । तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिएका छन् । सपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको बताइएको छ । यता उपेन्द्र यादव पक्षले भने पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षका बहुमत जुटिसकेकाले अब माधव नेपाल पक्षले राजीनामा गरेमा परिस्थति निर्माण हुने बताएको


