सातवटै प्रदेशमा पत्रकारको लागी अस्पताल र बिद्यालय स्थापना हनुपर्छ : सुभाष साह, केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघका



हाम्रो इकोनोमि

 

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यमबाट महासंघको बसेको दोस्रो बैठकमा विशेष प्रस्तावको रुपमा राख्दै उनले पत्रकार अस्पताल र पत्रकार विद्यालय सात वटै प्रदेशमा स्थापना गर्नुपर्ने आवश्यक्ता रहेको बताए । पत्रकार महासंघ महासचिव रोशन पुरीले बैठकमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय सात वटै प्रदेशमा स्थापना गर्नुपर्ने प्रस्ताव आएको बताए । सो प्रस्तावको बिषयमा छलफल गरेर अगामी दिनमा निर्णय गरिने उनले बताए । ‘पत्रकार महासंघले सात वटै प्रदेशमा अस्पताल र बिद्यालय स्थापना गर्नुपर्छ ।

यसले पत्रकार मात्रै नभई पत्रकारका परिवारका साथै सर्वसधारणले समेत लाभ लिनसक्छन्’ केन्द्रीय सदस्य साहले भने, ‘मैले बैठकमा सोही बिषयलाई समेटेर बिशेष प्रस्तावको रुपमा छलफलका लागि प्रस्ताव गरेको छु ।’ संघीय, प्रदेश र स्थानीय तह गरी तीनै तहको सरकारको सहयोग तथा पत्रकार महासंघको आफनै कोषबाट खर्च गरी पत्रकार अस्पताल र बिद्यालय स्थापना गर्न सकिने तर्क उनको रहेको छ ।

यसैगरी कोरोना भाइरसका कारण मृत्यु भएका पत्रकारका परिवारलाई पाँच लाख र उपचाररत संक्रमित परिवारलाई समेत आर्थिक सहयोग महासंघको तर्फबाट गर्नुपर्ने प्रस्ताव साहले गरेका छन् । कोरोना भाइरसको महामारीले पत्रकार तथा सञ्चार क्षेत्रमा नराम्रो प्रभाव परेकाले ति सबै समस्याको समाधानका लागि महासंघले पहल गर्नुपर्ने माग उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...