बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु



हाम्रो इकोनोमि

 

बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...