गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका उनको अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उनले बताए ।

मंगलबार उनी गण्डकी प्रदेशसभाका सभामुख र दलका शीर्षनेताको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको एन्टिजिन परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...