पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

 

कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनको प्लाज्मा थेरापीबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।

आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्पलाले जनाएको छ ।अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । ज्ञानेन्द्रका छोरी प्रेरणाको अवस्था भने सामान्य छ । तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । केही दिनअघि उनप्हरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...