इजरायलमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

उत्तर पूर्वी इजरायलमा एक धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । इजरालयको राष्ट्रिय संकटकालीन सेवा मेगान डेभिड अडोम (एमडीए)ले मृतकको एकिन संख्या उल्लेख नगरे पनि दर्जनौं घाइते भएको बताएको छ । द टाइम्स अफ इजराउलले कम्तिमा ४४ जनाको मृत्यु भएको र घाइतेहरुको उद्दार भइरहेको जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘गम्भीर क्षति’ भनेका छन् । उनले घटनामा हताहती भएकाहरुका लागि प्रार्थाना गरिरहेको बताएका छन् । माउन्ट मेरोन पहाडको फेदीमा आयोजित लेग बी’ओमार पर्वका लागि दशौं हजार यहुदीहरु भेला भएका थिए । इजरायलमा कोरोना महामारी सुरु भएयता पहिलोपल्ट सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...