इजरायलमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

उत्तर पूर्वी इजरायलमा एक धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । इजरालयको राष्ट्रिय संकटकालीन सेवा मेगान डेभिड अडोम (एमडीए)ले मृतकको एकिन संख्या उल्लेख नगरे पनि दर्जनौं घाइते भएको बताएको छ । द टाइम्स अफ इजराउलले कम्तिमा ४४ जनाको मृत्यु भएको र घाइतेहरुको उद्दार भइरहेको जनाएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘गम्भीर क्षति’ भनेका छन् । उनले घटनामा हताहती भएकाहरुका लागि प्रार्थाना गरिरहेको बताएका छन् । माउन्ट मेरोन पहाडको फेदीमा आयोजित लेग बी’ओमार पर्वका लागि दशौं हजार यहुदीहरु भेला भएका थिए । इजरायलमा कोरोना महामारी सुरु भएयता पहिलोपल्ट सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...